नियम ३१
जीवन बिमाको दाबी भुक्तानी प्रक्रिया
(१) बिमकले जीवन बिमाको शुल्को अन्तिम किस्ता भुक्तान गरि सकेका बिमितको नाममा किस्ता भुक्तान गरेको मितिले पन्ध्र दिनभित्र त्यस्तो जीवन बिमाको दाबी भुक्तानी गर्नको लागि चाहिने बिमा लेख आदि कागजातहरू समेत संलग्न राखी दाबी भुक्तानी गर्न आउनको निमित्त भुक्तानी पूर्जी (डिस्चार्ज भाउचर) जारी गर्नुपर्ने छ ।
(२) उपनियम (१) बमोजिम बिमितले जीवन बिमाको दाबी भुक्तानीको निमित्त बिमा लेख तथा अन्य कागजातहरू र भुक्तानी पूर्जी समेत बिमकसमक्ष पेश गरेमा बिमकले आवश्यक जाँचबुझ गरी जीवन बिमा लेखको अवधि भुक्तान भएको सात दिनभित्र निजलाई जीवन बिमाको दाबी भुक्तानी दिनुपर्ने छ ।
(३) कुनै जीवन बिमा लेखको अवधि समाप्त हुनु अगावै सो बिमा लेख लिने बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई इच्छाएको नभए ऐनको दफा ३८ को उपदफा (१) मा उल्लिखित व्यक्तिहरूमध्ये सबै भन्दा नजिकको हकवालाले त्यस्तो जीवन बिमाको रकम लिनको लागि देहायका विवरणहरू खुलाई दाबी भुक्तानीको निवेदन बिमकसमक्ष पेश गर्नुपर्ने छ ।
(क) दाबी सम्बन्धी विवरण ।
(ख) बिमितको मृत्यु प्रमाणपत्र ।
(ग) दुर्घटनाबाट बिमितको मृत्यु भएको र त्यस्तो जोखिम जीवन बिमामा समावेश भएको भए बिमितको मृत्युको कारण
सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शव परीक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन ।
(घ) बिमितसँगको नाता प्रमाणपत्र ।
(ङ) उमेर प्रमाणित नभएको अवस्थामा उमेर प्रमाणित गर्ने कागजातहरू ।
(च) समितिद्वारा तोकिदिएका अन्य विवरणहरू ।
(४) उपनियम (३) बमोजिमको निवेदन प्राप्त भएपछि बिमकले जीवन बिमा दाबीको सम्बन्धमा पेश भएका कागजात समेतका विवरणहरू छानवीन गरी आवश्यक भए अन्य कुराहरू समेत बुझी आफूसमक्ष त्यस्ता कागजातहरू प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनको निमित्त निवेदकको नाममा भुक्तानी पूर्जी (डिस्चार्ज भाउचर) जारी गर्नु पर्नेछ । यसरी जारी गरेको भुक्तानी पूर्जी निवेदकबाट प्राप्त भएको मितिले पन्ध्र दिनभित्र बिमकले बिमाको दाबी भुक्तानी गर्नुपर्ने छ ।
(५) उपनियम (४) बमोजिम बिमकले विवरणहरू छानवीन गर्दा दायित्व निर्धारण गरी बिमा दाबी भुक्तानी गर्नु नपर्ने देखेमा सो को कारण खोली त्यसको लिखित जानकारी निवेदकलाई दिनुपर्ने छ ।